मुम्बईको रेल छुट्यो, सामूहिक बलात्कारमा परें

  • प्रकाशित मितिः जेठ, 1, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं  / भारतको मुम्बईमा रहेका आफ्ना दाजुलाई भेट्नका लागि हिँडेकी २२ बर्षिया नेपाली युवतीमाथि नयाँ दिल्लीमा आइतबार राती सामूहिक बलात्कार भएको छ ।

आफूमाथि सामूहिक बलात्कार भएको भन्दै मुम्बई पुगेर ओसावारा प्रहरीमा ति युवतीले उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । मुम्बई प्रहरीले बलात्कार गर्ने युवालाई पक्राउ गर्नका लागि दिल्ली प्रहरीलाई पत्राचार गरिसकेको छ ।

भारतीय अखबार मुम्बई मिररका अनुसार उनी मुम्बईको रेल समात्नका लागि नयाँ दिल्लीमा बसमार्फत पुगेकी थिइन् । उनी समयमा स्टेशन नपुगेका कारण रेल छुटेको थियो । प्ल्याटफर्ममा बसेका बेला चार जना मानिस आए र उनलाई सुरक्षित ठाउँमा जानुपर्छ भन्दै द्वारका लगेर सामूहिक बलात्कार गरेको उजुरीमा उल्लेख छ । उनले उजुरीमा भनेकी छन्,‘मैले रेल समात्न सकिन र स्टेशनमा थिएँ । त्यसपछि ममाथि यो कहालीलाग्दो घटना भयो ।’

बलात्कारपछि ति युवाले नेपाली युवतीलाई पुनः स्टेशनमा ल्याएर छाडेका थिए । घटना शनिबार भएको थियो । उनी सोमबार मुम्बईको गोरेगाउँमा दाजुलाई भेटेर आफूमाथि भएको बलात्कारको घटना सुनाएपछि प्रहरीमा उजुरी दर्ता गरिएको थियो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved