क्यामेरामा केन्द्रित आइफोन

  • प्रकाशित मितिः बैशाख , 13, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी  एप्पलले आइफोन सार्वजनिक गर्नुअघि नै त्यसको विशेषता सार्वजनिक गर्नाले चर्चित छन् मिङ ची कुओ  । आइफोनबारे उनको सबैजसो अनुमान मिल्दै आएको छ  ।
उनैले यसै साता आइफोनबारे नयाँ अनुमान सार्वजनिक गरेका छन् । यो वर्ष दुई मोडलमा आइफोन सार्वजनिक हुँदै छ र दुवै मोडलमा क्यामेरालाई विशेष प्राथमिकता दिइने भएको छ ।


अब आउने आइफोनको पछाडि तीनवटा क्यामेरा हुने र सेल्फी क्यामेराको गुणस्तर पनि सुधारिने उनको अनुमान छ । हरेक मोडलमा नयाँ आविष्कार समावेश गरेको दाबी गर्ने आइफोनका लागि यसो गर्नु सुखद अनुभव भने हुने छैन । अहिले बजारमा महँगा फोनहरूमा दुईभन्दा बढी क्यामेरा छन् । महँगा अधिकांश फोनहरू क्यामेरा फिचरमै केन्द्रित भएका छन् । आइफोनले पनि आफ्नो नयाँ मोडललाई क्यामेरामा केन्द्रित गर्नु आइफोन पनि प्रयोगकर्ता आकर्षित गर्न अरू कम्पनीको बाटोमा हिँडेको संकेत हो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved