सर्वोच्चको अन्तरिम आदेश : जितेन्द्र देव आयोगको सिफारिसमा नागरिकता लिएकाको सन्तानलाई नागरिकता नदेऊ

  • प्रकाशित मितिः बैशाख , 13, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / २०५४ सालमा गठित जितेन्द्र देव आयोगको सिफारिसअनुसार वितरण गरिएका नागरिकता प्राप्त गर्नेको सन्तानलाई तत्कालका लागि नागरिकता वितरण नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले शुक्रवार यस्तो अन्तरिम आदेश दिएको हो ।

हाल गृह मन्त्रालयको परिपत्रअनुसार जन्मको आधारमा नागरिकता प्राप्त गर्नेको सन्तानलाई वंशजको आधारमा नागरिकता वितरण गर्ने कार्य भइरहेको छ । यस्तो कार्यलाई रोकी पाउन वरिष्ठ अधिवक्ता वोर्ण बहादुर कार्कीसहितले सर्वोच्च अदालतमा यही वैशाख ३ गते रीट निवेदन दायर गरेका थिए । उक्त रीटमाथि सुनुवाइ गर्दै सर्वोच्चले जितेन्द्र देव आयोगको सिफारिसअनुसार जन्मका आधारमा नागरिकता प्राप्त गर्नेको सन्तानलाई तत्कालका लागि कुनै पनि किसिमको नागरिकता वितरण नगर्न भनेको हो ।

सो आयोगको प्रतिवेदन अनुसार नेपालभर ३४ हजार ९० जनाले त्यस्तो नागरिकता लिएको रीट निवेदनकले दाबी गरेका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved