साथीको महत्व झल्काउने वीर विक्रम २ ट्रेलर सार्वजनिक (भिडियो सहित)

  • प्रकाशित मितिः बैशाख , 13, 2076
  • पहिलो किताब संवाददाता

बालापनको साथी जवान हुँदा पनि भूल्न गाह्रै पर्छ । त्यहि बालापनको साथीको महत्व झल्काउने चलचित्र ‘वीर विक्रम २’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ३ मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो ।


ट्रेलरमा त्रिकोणात्मक प्रेम, द्धन्द र साथी सम्बन्धलाई देखाउन खोजिएको छ । मिलन चाम्स निर्देशित फिल्ममा पल शाह, वर्षा शिवाकोटी, नाजिर हुसेन र बुद्धि तामाङको प्रमुख भूमिका रहेको छ । कार्यक्रममा ढिलो गरी पुगेका पलले अर्को फिल्मको सुटिङ परेका कारण निर्धारित समय मै उपस्थित हुन नसकेकोमा क्षमा मागे । 

उनले वर्षासँगको निकटताको विषयमा सोधिएको प्रश्नमा उत्तर दिन चाहेनन् । यता नाजिरले चलचित्र दर्शकलाई राम्रो लाग्ने दाबी गरे । नायिका वर्षाले टिमवर्क राम्रो भएका कारण रिजल्ट राम्रै आउने आशा व्यक्त गरे । यस अघि सार्वजनिक फिल्मको गीतलाई दर्शकले निकै मन पराएका छन् । निर्देशक मिलन चाम्सले फिल्म मसलेदार बनेको भन्दै ट्रेलर हेरेको भरमा सतही टिप्पणी गर्न नहुने भनाइ राखे ।

यो चलचित्र जेठ ३ गते सार्वजनिक प्रदर्शनमा आउँदैछ । अर्पण सापकोटा र रन्जिता शिवाकोटी निर्मित फिल्मलाई प्रदीप भारद्वाजले लेखेका हुन् । चलचित्रमा हिमाल केसीको द्धन्द, कविराज गहतराजको नृत्य तथा रन्जित गजमेर, ताराप्रकाश लिम्बु र राजनराज शिवाकोटीको संगीत रहेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved