काङ्ग्रेस संसदीय दल बैठक बस्दै

  • प्रकाशित मितिः चैत्र, 11, 2075
  • पहिलो किताब संवाददाता

काठमाडौँ / समसामयिक राष्ट्रिय राजनीतिक विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा अपराह्न बस्न लागेको काङ्ग्रेसले जनाएको छ । बैठकमा पार्टीले संसद्मा खेलेका भूमिकाका बारेमा समीक्षा हुने बताइएको छ । साथै बैठकमा जनचासोका सार्वजनिक मुद्दा, सरकारका काम कारवाहीलगायत विषयमा छलफल हुने पार्टी सचेतक पुष्पा भुषालले जानकारी दिए ।

सङ्घीय संसद्को तेस्रो अधिवेशन आइतबारबाट सम्पन्न भएको छ । विधेयक अधिवेशनका नामले समेत चिनिने यस अधिवेशनमा सत्तापक्ष र प्रतिपक्षबीचको समझदारीका कारण अधिकांश विधेयक सहमतिका आधारमा पारित भएका थिए ।

आइतबार प्रतिनिधिसभाको हिउँदे अधिवेशन समापनका अवसरमा संसद बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विधेयक सहमतिमा पारित हुनु ठूलो उपलब्धी भएको बताएका थिए ।

सोही अवसरमा काङ्ग्रेसका तर्फबाट पार्टी संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकारका राम्रा काममा रचनात्मक सहयोग हुने बताएका थिए । साथै उनले सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना र सूचना प्रविधिसम्बन्धी विधेयकका केही बुँदा मुलुक र जनताको हितमा नभएको भन्दै संसदबाट ती विधेयक फिर्ता गर्न माग गरेका थिए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved