सुनसरीमा आगलागी, चार घर जलेर नष्ट

  • प्रकाशित मितिः चैत्र, 11, 2075
  • पहिलो किताब संवाददाता

इनरुवा / सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ अकाहा बजारमा आइतबार आगलागी हुँदा चार घर जलेर रु १२ लाख मूल्य बराबरको सामग्री नष्ट भएको छ ।

आगलागीमा चार वटा घर र एक वटा चौपया जलेर नष्ट हुँदा १२ लाख बराबरको क्षति भएको हो । स्थानीय रामप्रसाद शर्मा, दिपनारायण शर्मा, बुधनारायण शर्मा र सत्नयारायण शर्माको एक÷एक वटा घर जलेर नष्ट हुनुका साथै घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन, फर्निचरका सामग्री जलेर नष्ट हुँदा करीब रु १२ लाख बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए ।

आगलागीमा स्थानीय बुधनारायण शर्माको एउटा बाच्छीसमेत जलेर मृत्यु भएको प्ररही नायब उपरीक्षक फुयालले बताए । स्थानीय रामप्रसाद शर्माको घरमा गाईलाई खोले पकाउने क्रममा आगलागी भएको थियो । आगो स्थानीयवासी, प्रहरी र इनरुवा नरगपालिकाबाट गएको बारुणयन्त्रले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक फुयालले बताए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved