ध्यान के हो ? किन गर्ने ?

  • प्रकाशित मितिः चैत्र, 10, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / ध्यान बस्नु भनेको कुनै पनि कुरामा एकाग्र हुनु भनेर सोच्छौं हामी । तर, ध्यानको अर्थ त्यस्तो होइन । चलनचल्तीमा मेडिटेशन भनिने ध्यानको अर्थ र महत्त्व निकै गहन छ ।

जापानीहरुका झेन र चीनको च्यान शब्द नै ध्यानको अपभ्रंस शब्द हो । अंगे्रजीमा ध्यानलाई मेडिटेशन पनि भन्ने गरिन्छ । ध्यानलाई जे जसरी सम्बोधन गरे पनि यसको मुख्य अर्थ भनेकै जागरुकता, जनचेतना, होस, साक्षी भाव तथा दृष्टा भाव हो । योगमा विभिन्न अंगहरु हुन्छन् । जसमध्ये आठौ अंग हो, ध्यान । ध्यानमात्र यस्तो तत्व हो जसलाई मानिसहरुले स्वतः स्फूर्त रुपमा सध्रने विधिका रुपमा उपयोग गर्छन् । जबकि योगका अन्य अंगहरुमा यो नियम लागू हुँदैन ।

के हो ध्यान ?

धारणाको अर्थ चित्तलाई एउटै ठाउँमा केन्द्रित गर्नु हो । तर ध्यान भनेको भावशून्य अवस्थामा रहनु हो । र, त्यसमा जागृत रहनु नै ध्यान हो ।

ध्यानको अर्थ

ध्यानको अर्थ एकाग्रता मात्र हैन । एकाग्रता टर्चको स्पाटलाइट सरह हुन्छ, जसले एउटै ठाउँलाई मात्र फोकश गर्छ । तर ध्यान त्यो बल्ब सरह हुन्छ जसले चारै दिशामा प्रकाश फैलाउँछ । सामान्यतया मानिसहरुको ध्यान कम वाटको चिम जस्तो हुने गर्छ । जबकि योगीहरुको ध्यान भने सूर्यको प्रकाश जस्तो हुन्छ, जसमा पूरा ब्रम्हाण्ड नै समायित हुने गर्दछ ।

ध्यान कुनै क्रिया हैन

कैयौं मानिसहरु ध्यानलाई नै सर्दशन क्रिया भावातीत ध्यान क्रिया तथा सहज योग ध्यान सम्झने गल्ती गर्छन् । अन्य विधिलाई समेत उनीहरु ध्यान सम्झने गर्छन् ।

कैयौ सन्त, गुरु तथा महात्मा ध्यानको प्रकारका क्रान्तिकारी विधिहरु बताउने त गर्छन् । यद्यपि, उनीहरुले विधि र ध्यानबीच फरक भने कहिल्यै बताउँदैनन् । जबकि क्रिया र ध्यानमा आकाश जमिनको फरक छ । किनकि क्रिया साधना होइन, साध्य हो । केवल एउटा औजार हो ।

त्यसैले त, आँखा बन्द गरेर बस्दैमा ध्यान हुँदैन । कुनै मुर्तिलाई स्मरण गर्नु वा माला जप्नु पनि ध्यान हुँदैन ।

हामी भन्छौ, पाँच मिनेट भगवानको ध्यान गरौं । जबकि यो ध्यान नभएर स्मरण हो । ध्यान त तब गरिन्छ, जब क्रियाबाट मुक्त भइन्छ । विचारबाट मुक्त भइन्छ ।

ध्यानको स्वरुप

हाम्रो मनमा असंख्य कल्पना तथा विचार एकसाथ चल्ने गर्छ । यसका कारण हाम्रो मन तथा मस्तिष्कमा अनेकौं कुरा खेल्ने गर्छ । यस्ता कुरा जुन हामी सोच्न पनि चाहँदैनौ । र, यही ध्यानले हामीलाई अनावश्यक कल्पना तथा विचारलाई मनबाट हटाएर शुद्ध तथा निर्मलतर्फ होहोर्याउँछ ।

ध्यान जति जति गहिरो हुँदै जान्छ, व्यक्ति साक्षी भावमा स्थित हुन थाल्दछ । त्यसमा कुनै पनि भाव, कल्पना तथा विचारका क्षण मात्रले पनि प्रभाव पर्न दिँदैन । मन तथा मस्तिष्कका मौन हुनु नै ध्यानको प्राथमिक स्वरुप हो । विचार, कल्पना तथा अतीतको सुख–दुःखमा बाँच्नु ध्यानविरुद्ध हो ।

ध्यानमा इन्द्रिया मनको साथ, मन बुद्धिको साथ आफ्नो स्वरुप आत्मामा लिन हुन थाल्दछ । जसले साक्षी वा द्रष्टा भाव बुझ्दैन, उनीहरुले सुरुमा अभ्यास गर्दा आँखा बन्द गर्नु पर्छ । र, अभ्यास हुँदै गएपछि आँखा बन्द होस् वा खुला, साधक आफ्नो स्वरुपको साथ नै जोडिएर रहन्छ । र, अन्तमा ऊ साक्षी भावमा स्थिर रहेर कुनै कामलाई पूरा गर्दै पनि ध्यानमा बस्न सक्छ ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved