आज बेलुका ६ बजेदेखि विश्वभर एकसाथ भावातीत ध्यान सुरु हुँदै

  • प्रकाशित मितिः चैत्र, 10, 2075
  • पहिलो किताब संवाददाता

काठमाडौँ– सामूहिक चेतना अभिवृद्धिका लागि आज बेलुकी ६ बजेदेखि एकै समय विश्वभर सामूहिक भावातीत ध्यान गरिने भएको छ । वैदिककालमा गुरु–चेला रम्पराबाट चल्दै आएको यो ध्यान ओझेलमा परेकामा आधुनिक कालमा महर्षि महेश योगीले विश्वभर पुनःजागरण गरेका थिए । भावातीत ध्यान आज बेलुकी ५ बजेदेखि महर्षि अभियान लागू भएका १९२ देशका ध्यान केन्द्रमा एकसाथ प्रारम्भ गरिने भएको छ ।

विश्व शान्तिका लागि विश्भर एकसाथ ध्यान र सिद्धि कार्यक्रम आयोजना गरिएको नेपाल महर्षि वैदिक फाउण्डेशनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले राससलाई जानकारी दिए ।

विश्वका करीब एक करोड भावातीत ध्यानीले बिहान बेलुका आफ्नो अनुकूल अनुसार दुईपटक ध्यान गर्ने गरेकामा सामूहिक चेतना अभिवृद्धिका लागि बेला बेलामा एकसाथ ध्यान र सिद्धि कार्यक्रम गरिन्छ । नेपालका ८२ गुरुकूल, एक दर्जन विद्यालय र पाँच ध्यान केन्द्रमा बेलुकी ५ बजेदेखि ध्यान, ५ बजेर २० मिनेटदेखि सिद्धि सुत्र अभ्यास गरिदै आएको फाउण्डेसनले जनाएको छ ।

भावातीत ध्यान सिकेका साधकले नजिकको ध्यान केन्द्र वा घरमै बसेर पनि ध्यान गरी सामूहिक चेतना वृद्धि अभियानमा सहभागी हुनसक्ने अध्यक्ष बाँस्कोटाले बताए । वैदिक ज्ञान विश्वव्यापी जागरणका लागि नेपालले नेतृत्व गर्नसक्छ भन्ने अभिव्यक्ति महर्षि योगीले दिएकाले उनका अनुयायीले हाल नेपालमा यो कार्यक्रमलाई विस्तार गर्न थालेका छन् । महर्षि योगीले ज्योर्तिमठका शङ्कराचार्य ब्रह्मानन्द सरस्वतीबाट उक्त ध्यान सिकी विश्वभर प्रचार गरेका हुन् । रासस



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved