हिन्दुधर्म र राजसंस्थाका पक्षमा मधेशमा उर्लियो जनसागर, पूर्व राजाको मौनता भने कायमै

  • प्रकाशित मितिः फाल्गुन, 30, 2075
  • पहिलो किताब संवाददाता

जनकपुर / मघेशका विषयमा तनाव चलिरहेका बेला पूर्व राजा ज्ञानेन्द्र शाहले थालेको भ्रमणका क्रममा हजारौँ सर्वसाधारण सडकमा देखिन थालेका छन् । सिके राउत र सरकार बिच भएको सम्झौताका विषयमा मुलुक दुई ध्रुव्रमा बाँडिएका बेला पूर्व राजा शाहले थालेको भ्रमणका दौरान देखिएको सर्वसाधारणको वाक्लो उपस्थितिले हिन्दु धर्म र राजसंस्थामका पक्षमा मधेशी जनता लागेको संकेत देखा पर्न थालेको छ ।

जनकपूरको होटल सिताशरणमा बसेर मधेश दौडाहमा निस्केका पूर्व राजा शाहको स्वागतका लागी मधेशि जनता सडकमै निस्किन थालेका हुन् ।

लामो समयको मौनता तोड्दै पूर्वराजा शाहले पछिल्लो राजनितिक घटनाक्रमका विषयमा केही बोल्ने र राजसंस्था पुर्नजिवित गर्न बाटो कोर्न सक्ने अड्कल काटेर जनकपुरमा केन्द्रित भएका संचारकर्मी पूर्व राजा शाहसँग कुराकानी गर्न बुधबार देखि कोशिस गरिरहेका भएपनि पुर्व राजाको मौनता भने यथावत छ । सिताशरण होटलमा देशभरका संचारकर्मीको अहिले बाक्लो उपस्थिति रहेको छ ।

बुधबार अपराह्न सर्लाही भ्रमणमा होटलबाट निस्कने क्रममा पहिलो किताबले 'भ्रमणका क्रममा सर्वसाधारणको एउटा हिस्सा राजसंस्थाका पक्षमा देखिने र तपाई सर्वसाधारण खोज्दै हिड्ने चलिरहेको छ, यो विषयमा केहि बताइ दिनुहुन्थ्यो कि ?' भनेर सोधेको प्रश्नमा पूर्व राजाले सर्वसाधारण यो विषयमा जानकार रहेको प्रतिक्रिया दिए ।

सरकार र सिके राउतबिच मधेशका विषयमा भएको संझौता र त्यसपछि विकसित राजनितिक घटनाक्रमका विचमा जनकपुरलाई केन्द्र बनाएर तपाईले भ्रमण थाल्नुको उदेश्य केही छ कि ? त्यस्तै सरकार र सिके राउतबिच भएको संझौतामा तपाईको प्रतिक्रिया के छ ? भनि सोधिएको प्रश्नमा पूर्वाराजा शाहले मन्द मुस्कान दिँदै कुनै प्रतिक्रिया दिएनन् ।

होटल सिताशरणबाट निस्केका पूर्वराजा शाहलाई राजधानीसहित देशभरबाट भेला भएका सञ्चारकर्मीले पिछा गर्न सुरु गरेका थिए । सर्लाहिको मलंङ्वामा रहेको माँ दुर्गामाइ मन्दिरमा पुजाका लागी हिँडेका पूर्व राजा शाहको स्वागतका लागी सर्लाहीको नवलपुर देखि मन्दिर सम्मको २० किमी सडक क्षेत्रमा हजारौँ सर्वसाधारण उभिएको दृष्य देखिएको थियो ।

सडकका हरेक चोकमा भेला भएका सर्वसाधारणलाइ कतिपय स्थानमा पर्व राजा सडकमै उत्रेर उनीहरुले गरेको स्वागत सवीकार गरेका थिए । कतिपय स्थानमा 'राजा आउ देश बचाउ' भन्ने नारा समेत सहभागीले लगाएका थिए ।

पुजा अर्चनाका लागी मन्दिर पुगेका पुर्व राजाको स्वागतका लागी हजारौँ सर्वसाधारण सडकमा निस्केपछि राजाको सवारी समेत अवरुद्ध भएको थियो । सर्वसाधारणको भिडले सडक पुरै जाम भएपछि राजा एक किमी पैदल नै हिडेर मन्दिर पुगेका थिए ।

हजारौँ सर्वसाधारणका बिच पुर्व राजाको सुरक्षाका लागी ससस्त्र प्रहरी र जनपथ प्रहरीको बाक्लो उपस्थिति रहेको थियो । सुरक्षाकर्मीको घेराका बिच पैदलनै मन्दिर जाँदा समेत राजालाई भेट्नेको भिड सम्हाल्न सकस भएपछि राजसंस्था समर्पित हिन्दुवादी संगठन शिव सेना नेपालका सयौँ सदस्यले सुरक्षामा सहयोग पु¥याएका थिए ।

मन्दिरमा पुजा अर्चनापछि राजसंस्था समर्पित नागरिक समाजले मलङ्वा क्षेत्रमै राखेको अभिनन्दन कार्यक्रममा सहभागी हुन जाँदा समेत सर्वसाधारणको भिडका कारण सवारी आवागमन अवरुद्ध भएको थियो ।

स्थानिय पार्टी प्यालेस सर्वसाधारणले खचाखच भरिएपछि सो कार्यक्रममा सहभागी हुन चाहने सर्वसाधारणलाई समेत सुरक्षाकर्मीले रोक्नु परेको थियो ।

पुर्व राजाको पक्षमा मधेशमा उर्लीएको जनसारगका कारण सुरक्षामा कठिनाई देखिएपछि सर्लाहीका प्रमुख जिल्ला अधिकारी समेत कार्यक्रममा पुगेका थिए ।

साँझ ५ बजे सर्लाहीको कार्यक्रम सकेर पुर्व राजा शाह जनकपुर नै फर्केका छन् । शुक्रबार पुर्व राजा शाह जनकपुर स्थित जानकी मन्दिरमा पुजा अर्चना गर्ने कार्यक्रम रहेको उनका सहयोगीले जानकारी गराएका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved