भारत र पाकिस्तानका प्रतिनिधिमण्डल बैठक सुरू

  • प्रकाशित मितिः फाल्गुन, 30, 2075
  • पहिलो किताब संवाददाता

नयाँदिल्ली / भारत र पाकिस्तानका प्रतिनिधिहरुको एउटा बैठक भारतको पञ्जावमा पर्ने अत्तारीमा बिहीबार सुरु भएको छ ।

करतारपुर करिडोरको खाकालाई अन्तिम रुप दिन भन्दै दुई देशका प्रतिनिधिहरुको पहिलो बैठक सुरु भएको हो । वार्ता सुरु भएको ठाँउ दुवै देशको सिमानामा पर्दछ ।

स्थानीय एक सरकारी अधिकारीले भने करतारपुर करिडोरसम्वन्धी अन्तिम खाका बनाउन दुवै देशका प्रतिनिधिहरुको बैठक अत्तारीमा सुरु भएको हो ।

दुवै पक्षका प्रतिनिधिहरु वार्ताका लागि बुधबार बेलुका नै स्थानीय अमृतसार भन्ने ठाउँमा पुगेका थिए ।

“करतारपुर करिडोर बनाउने सपना पुरा गर्ने हाम्रो प्रतिबद्धता छ, बैठकमा त्यही अनुसार छलफल हुनेछ,” विदेश मामिला मन्त्रालयका प्रवक्ता राविश कुमारले भने ।

शिख धर्म मान्नेहरुका गुरु नानक देवको ५५०औ जन्मजयन्तीका अवसरमा करतारपुर करिडोरको काम सुरु गर्ने उद्धेश्यले बैठक सुरु भएको अधिकारीहरुले बताएका छन् ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved