च्याम्पियन्स लिग : क्वार्टरफाइनलको ‘ड्र’बारे सम्पूर्ण जानकारी !

  • प्रकाशित मितिः फाल्गुन, 30, 2075
  • पहिलो किताब संवाददाता

काठमाडौं / युरोपियन च्याम्पियन्स लिग फुटबलमा गत राति अन्तिम १६ अन्तर्गतका २ खेल सकिएपछि क्वार्टरफाइनलको समीकरण पूरा भएको छ । गत राति स्पेनिस बार्सिलोना र इंग्लिस टोली लिभरपुलले अन्तिम आठमा स्थान बनाएपछि क्वार्टरफाइनल पुग्ने ८ वटै टोलीको टुंगो लागेको हो ।

को–को पुगे अन्तिम आठमा ??

यसपटक चयाम्पियन्स लिगको क्वार्टरफाइनलमा सबैभन्दा बढी इंग्लिस टोली ४ वटा पुगेका छन् । जसमा म्यानचेस्टर सिटी, लिभरपुल, टोटनह्याम र म्यानचेस्टर युनाइटेड रहेका छन् । त्यसपछि स्पेन, इटाली, पोर्चुगल र नेदरल्यान्ड्सबाट १–१ गरी ४ टोली अन्तिम आठमा पुगेका छन् ।

यसपटक फ्रेन्च लिग वान र जर्मन बुन्डेसलिगाबाट कुनै पनि टोली अन्तिम आठमा पुग्न सकेनन् ।

टोटनह्याम हर्टस्पर (इंग्ल्यान्ड)
म्यानचेस्टर सिटी (इंग्ल्यान्ड)
लिभरभपुल (इंग्ल्यान्ड)
म्यानचेस्टर युनाइटेड (इंग्ल्यान्ड)
युभेन्टस (इटाली)
बार्सिलोना (स्पेन)
आयाक्स (नेदरल्यान्ड्स)
पोर्टो (पोर्चुगल)

कहिले र कहाँ हुँदैछ अन्तिम आठको ड्र ?

च्याम्पियन्स लिगको अन्तिम आठको ड्र शुक्रबार राति स्वीट्जरल्यान्डको लियोनस्थित युइएफएको केन्द्रीय कार्यालयमा हुँदैछ । ड्र नेपाली समयअनुसार शुक्रबार अपराह्न ४ः४५ बजे हुनेछ । ड्र टिभी(च्यानलमा पनि लाइभ हेर्न सकिेनछ ।

को—को पर्न सक्छन् ?

क्वार्टरफाइनलमा कुन—कुन टिम पर्न सक्छन् भनेर अनुमान गर्न सकिँदैन । वा, कुनै आधार छैन । यसमा खुला गोलाप्रथा गर्ने भएकाले जुनसुकै टिमले जुनै पनि टिमलाई प्रतिस्पर्धी पाउनेछन् ।

यसअघि अन्तिम १६ मा पनि देश र क्षेत्रलाई आधार मानेर ड्र गरिँद सीमित दायरा थिए । तर, क्वार्टरफाइनलबाट अघि बढेपछि सो दायरा छैन ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved