इलामको माइपोखरीमा आगलागी

  • प्रकाशित मितिः फाल्गुन, 30, 2075
  • पहिलो किताब संवाददाता

इलाम / इलामको सन्दकपुर गाउँपालिका–१ र ३ मा पर्ने माइपोखरी बजारमा आगलागी भएको छ । धार्मिक तथा पर्यटकीयस्थल माइपोखरी पस्ने गेट अगाडिका घरहरुमा आगलागी भएको हो ।

आज दिउँसो १ बजेबाट शुरु भएको आगलागीमा चक्र मुखिया र उनका भाइ कमल मुखियाको घर पूर्णरुपमा ध्वस्त भएको छ भने उनीसँगै जोडिएको निमादोर्जे शेर्पाको घरमासमेत आगलागी भएको स्थानीयवासी दिनेश सुवेदीले जानकारी दिए ।

नजिकै रहेको वनमा पनि आगलागी भइरहेको पनि उनले जानकारी दिए । स्थानीयवासीले आगलागी नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् ।

सूचना प्राप्त हुनासाथ आगलागी नियन्त्रणका लागि इलाम नगरपालिकाले त्यसतर्फ दमकल पठाइएको नगरपालिकका प्रशासकीय अधिकृत रामकुमार शाहले जानकारी दिए ।

इलामको सदरमुकामबाट दमकलसहित प्रहरी र नेपाली सेनालाई घटनास्थलतर्फ पठाइएको पनि उनले बताए । चक्र मुखियाको भान्छाघरबाट आगलागी शुरु भएको बताइएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved