प्रदेशलाई मिर्गौला रोग उपचारको केन्द्र बनाउँछौँ ः मुख्यमन्त्री पोखरेल

  • प्रकाशित मितिः फाल्गुन, 30, 2075
  • पहिलो किताब संवाददाता

दाङ / प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पछिल्लो समय मानिसको सुःखमय जीवनशैलीका कारण मिर्गौला रोगीको सङ्ख्या बढ्दै गएको बताए ।

विश्व मिर्गौला दिवसका अवसरमा आज तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले आयोजना गरेको कार्यक्रममा उहाँले प्रदेश भित्रका तीनवटै प्रादेशिक अस्पतालमा मिर्गौला रोग उपचारको केन्द्र सञ्चालन गर्न तयार गरिने बताए ।

उनले अब काठमाडौँमा मात्रै नभएर प्रदेशस्तरमा पनि मिर्गौला रोगीको लागि प्रभावकारी उपचार केन्द्र सञ्चालन गर्न डा ऋषिकुमार काफ्लेलाई अनुरोध गरे ।

“हामीले प्रदेशभित्रका तीनवटा प्रादेशिक अस्पतालमध्ये कुन अस्पताललाई कुन विशेषज्ञको रुपमा विकास गर्ने भन्ने योजना बनाएका छौँ’ उनले भने, “केन्द्रले त्यहीअनुसार अधिकार दिए हामी अस्पतालको स्तरवृद्धि गर्न तयार छौँ ।”,

त्यस्तै मुख्यमन्त्री पोखरेलले आँखाको उपचारका लागि आधारभूत तहको विशेषज्ञ सेवा प्रदेशभित्रबाट दिनका लागि पनि प्रदेश सरकारले नीति बनाएको बताए ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved