घुस लिएको अभियोगमा वन कार्यालयका सहायक अधिकृत पक्राउ

  • प्रकाशित मितिः फाल्गुन, 30, 2075
  • पहिलो किताब संवाददाता

काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा सवडिभिजन वन कार्यालय कैलालीका सहायक वन अधिकृत र एक मध्यस्तकर्तालाई पक्राउ गरेको छ ।

वन कार्यालयमा अनुसन्धान भइरहेको मुद्दाको मिसिल मिलाइदिन्छु भन्दै सहायक वन अधिकृत भरत शाह र लेखापढी व्यवसायी पुष्प जोशीलाई आयोगले रु ३० हजार घुस रकमसहित पक्राउ गरेको जनाएको छ ।

गैरकानूनी रुपमा मुद्दाको मिसिल मिलाइदिन्छु भन्दै सेवाग्राहीसँग घुस लिँदालिँदै उनीहरु पक्राउ परेको आयोगका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए । आयोगले सहायक वन अधिकृत शाह र लेखापढी व्यवसायी जोशीलाई बुधबार सवडिभिजन वन कार्यालयको परिसरबाट पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ ।

आयोगले सेवाग्राही बढी हुने सरकारी कार्यालयमा सेवाग्राहीकै रुपमा अनुसन्धान अधिकृत परिचालन गरेपछि नापी, मालपोत, वन कार्यालय तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी धमाधम पक्राउ पर्न थालेको जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved