राष्ट्रियसभा नियमावली पारित

  • प्रकाशित मितिः फाल्गुन, 30, 2075
  • पहिलो किताब संवाददाता

काठमाडौँ / राष्ट्रियसभाको आजको बैठकले राष्ट्रियसभा (पहिलो संशोधन) नियमावली २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभा नियमावली, २०७५ संशोधन मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले सो त्यससम्बन्धी प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए ।

यसअघि नियमावली संशोधनकर्ता सांसद डा विमला पौडेलले आफ्नो संशोधनको प्रस्ताव फिर्ता लिएका थिए । नियमावलीमाथिको दफावार छलफलमा भाग लिँदै सांसद रामप्रीत पासवान र रामलखन चमारले संविधानको भावनानुसार समानुपातिक समावेशी प्रतिनिधित्वमा ध्यान दिन आग्रह गरे । राष्ट्रियसभाको बैठक आज नै १५ मिनेटका लागि स्थगन भएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved