मधेश भ्रमणमा निस्किए पूर्व राजा ज्ञानेन्द्र

  • प्रकाशित मितिः फाल्गुन, 29, 2075
  • पहिलो किताब संवाददाता

जनकपुर / मधेशको विषयमा सिके राउत र सरकारबिच सम्झौता भएपछि विवाद भईरहेको बेला पूर्व राजा ज्ञानेन्द्र शाह जनकपुर पुगेका छन् । मधेशमा विवाद चर्किएको बेला पूर्व राजा ज्ञानेन्द्रले मधेशलाई केन्द्रविन्दु बनाएर भ्रमण थालेका हुन् । जनकपुको होटल सिता शरणमा बसेर ज्ञानेन्द्रले मधेशको जिल्ला भ्रमण गर्ने कार्यतालिका यसअघि नै सर्वजनिक भएको थियो ।

सर्वसाधारणको बाक्लो उपस्थितीमा पूर्व राजा ज्ञानेन्द होटल सिताशरणमा पैदल हिडेर प्रवेश गरेका थिए । जनकपुरमा स्वतन्त्र मधेशको नारा घन्किएको केही दिनपछि जनकपुर पुगेका पूर्व राजा ज्ञानेन्दलाई स्वागत गर्न उपस्थिती भएका सर्वसाधारणले विखण्डनबाट देशलाई जोगाउन अघि बढ्न अग्रह गरेका थिए ।

पूर्व राजा शाहको सुरक्षाका लागि राज सँस्था पून स्थापना गर्ने हिंन्दुवादी सँगठन सिव सेना नेपालका देश भरीका कार्यकर्ता खटिएको देखिन्थ्यो । होटल सिता शरणमा रहेका पूर्व राजा ज्ञानेन्द्रले मधेशका जिल्लाका विभिन्न ठाउँमा होटलमै बसेर कार्यक्रममा सहभागी हुने उनको निजी सचिवालयले जानकारी दिए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved