सुन तस्करीमा संलग्न दुई भारतीय नागरिक पक्राउ

  • प्रकाशित मितिः फाल्गुन, 27, 2075
  • पहिलो किताब संवाददाता

धनुषा / सुन तस्करीमा संलग्न रहेका २ जना भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरु मोटरसाइकलमा सुन तस्करी गर्दै गरेका अवस्थामा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भारतको बिहार प्रान्तको बासोपट्टि निवासी कृष्ण कुमार महतो र रुपेश महतो रहेका छन् ।

विशेष सूचनाका आधारमा बि.आर ३२ एस ४३५७ नं.को मोटरसाइकलमा लुकाई राखेको दुई थान सुनका बाला र २५ किलो चाँदी बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले चेकजाँच गर्दा मोटरसाइकलको ट्याङ्कीमा इन्धनको साटो प्लास्टिकमा बेरिएको सुनचाँदी राखिएको अवस्थामा फेला पारिएको प्रहरीले बताए ।

बरामद गरिएका सामानहरु भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved