सिटीस्क्यान र आइसीयु सेवाथपिएकामा स्थानीयवासी खुशी

  • प्रकाशित मितिः फाल्गुन, 24, 2075
  • पहिलो किताब संवाददाता

राजविराज / सप्तरीमा पहिलोपटक सिटीस्क्यान र आइसीयु सेवा शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । रुपनी गाउँपालिकास्थित युनिक अस्पतालले पहिलोपल्ट ती सेवा शुरु गरेको हो ।उक्त अस्पतालका अध्यक्ष जयप्रकाश ठाकुरले पाँच भेन्टिलेटरसहितको आइसीयु र पाँच सिसीयुसमेत जडान गरिएको बताए ।

यसअघि जिल्लामा ती दुबै उपकरण नहुँदा सो सम्बन्धी उपचारका लागि प्रदेश नं १ को विराटनगर वा धरानमा बिरामीलाई लैजान पथ्र्यो अब त्यो सेवा अब सप्तरीमै आइसकेपछि जिल्लावासीमा खुशी छाएको उनको भनाइ थियो ।आइसीयुको अभावमा कतिपय बिरामीको ज्यान जोखिममा पर्न नदिन जिल्ला बाहिर पठाउनुपर्दा बढी रकम खर्चिनुपरेकाले आफूहरूले ती उपकरण ल्याएको अध्यक्ष ठाकुरले बताए । मस्तिष्कभित्रका अन्य चोट, नशामा रगत जमेको, घाँटी, पेट हड्डीको समस्यालगायत जटिल रोगका लागि ती उपकरण आवश्यक पर्ने चिकित्सकहरु बताउँछन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved