पूर्व मिस नेपाल नीकिता चाण्डकले पाइन्, ‘द कपिल शर्मा शो’ मा अतिथी बन्ने अवसर

  • प्रकाशित मितिः फाल्गुन, 24, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / बलिउड सेलिब्रेटीहरुका लागि आफ्नो फिल्मको प्रचार गर्ने ठूलो प्ल्याटफर्मको रुपमा रहेको कपिल शर्माको चर्चित कमेडी र्शो द कपिल शर्मा शो’ मा पूर्व मिस नेपाल नीकिता चाण्डकले अतिथी बन्ने अवसर पाएकी छिन् ।

उनले ‘द कपिल शर्मा शो’ का चर्चित कमेडियन किकु शारदा (बच्चा यादव) सँगको एक तश्बिर इन्स्टाग्राममा साझेदार गर्दै आफूलाई शोमा अतिथीको रुपमा निमन्त्रणा गरेकोमा धन्यवाद दिएकी छन् ।

नीकिताले लेखेकी छन्, ‘मलाई ‘द कपिल शर्मा शो’ मा बोलाएकोमा किकु शारदा सर धन्यवाद । फेरि एकपटक भेट्न पाएकोमा खुसी छु ।’ उनले किकुको काम प्रतिको लगानशिलताको पनि मुक्तकण्ठले प्रशंसा गरेकी छन् । नीकिताले किकुकै भ्यानेटी भ्यानमा तश्बिर क्लिक गरेकी हुन् । नीकिताको कुराले किकु उनको मिल्ने साथी र यसअघि पनि धेरै पटक भेट भइसकेको आशय व्यक्त गर्छ ।

उनी २०१७ की मिस नेपाल हुन् । उनले डेब्यू फिल्मको रुपमा रानी महलु साइन गरेकी थिइन् । तर, यो फिल्म आधा छायांकन नसकिँदै निर्माता र निर्देशकको लफडाका कारण अड्किएको छ । अब उनी विराजसँग काम गर्ने तयारीमा छिन् । ‘द कपिल शर्मा शो’ मा कुन उद्देश्य र उनी अतिथी भएको एपिसोड कहिले प्रशारण हुन्छ त्यो भने नीकिताले खुलाएकी छैनन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved