आफैंले पालेको सिंहले आक्रमण गरेपछि ३३ वर्षे युवकको मृत्यु

  • प्रकाशित मितिः फाल्गुन, 22, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / आफैले पालेको सिंहले आक्रमण गर्दा एक युवकको मृत्यु भएको छ । चेक रिपब्लिका ३३ वर्षका माइकल प्रासेकको सिंहको आक्रमणबबाट मृृत्यु भएको हो ।

माइलक प्रासेक आफ्नो घर पछाडि एउटा सिंह र सिंहिनी पालिरहेको थिए । उनले सन् २०१६ मा ९ वर्षको उक्त सिंहलाई घरमा ल्याएका थिए । त्यसपछि प्रजननका लागि गत वर्ष उनले एक सिंहिनी पनि ल्याए ।

तर माइकलले जब उनीहरुलाई ल्याए तब वरिपरिका मानिसहरुले यसमा आपत्ति जनाएका थिए । सिंह र सिंहिनीले आफूहरुलाई आक्रमण गर्ने हो कि भन्ने उनीहरुको डर थियो ।

यससँग सम्बन्धित जोखिम थाहा पाउँदा पाउँदै पनि माइलकले सिंह र सिंहिनीलाई आफ्नो घर पछाडि पालिरहेका थिए ।

उनले सिंहलाई राख्ने अनुमती पाएका थिए । तर गत वर्षको गर्मीमा माइकल प्रासेक त्यतिबेला चर्चामा छाएका थिए जब उनी आफ्नो सिंहिनीलाई लिएर हिँडिरहेका थिए र एक साइकल सवार उनको सिंहनीसँग ठोक्किएका थिए ।

उक्त मामला पुलिससम्म पुग्यो र यसलाई एक सडक दुर्घटनाको मामला मानियो ।

अब माइकलको मृत्यु भइसकेको छ । उनलाई आफूले नै पालेको सिंहले मारिदिएको छ । माइकलका पिताले उनको शव सिंहको पिँजडामा पाए र उनले स्थानीय मिडियालाई पिंजडा भित्रबाट बन्द भएको जानकारी दिए ।

घटनास्थलमा भएका पुलिसले दुबै जनावरलाई मारिदिएका छन् । एक पुलिस प्रवक्ताले मिडियालाई दिएको जानकारी अनुसार माइलक प्रासेकलाई निकाल्नका लागि जनावरलाई गोली हान्न अत्यावश्यक थियो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved