मध्यतराईमा सक्रियता बढाउँदै पूर्वराजा ज्ञानेन्द्र

  • प्रकाशित मितिः फाल्गुन, 18, 2075
  • पहिलो किताब संवाददाता

काठमाडौं  / दमकस्थित आफ्नो स्वामित्वमा रहेका हिमालयन टि गार्डेनमा बस्दै आउनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहको मध्यतराईको भ्रमण फागुन २२ गतेबाट सुरु हुने भएको छ ।

देश दौडाहाको क्रममा उहाँको पहिले भ्रमण धनुषाको जनकपुरबाट हुने भएको छ । राप्रपा नेपालले हिन्दू राज्य र राजतन्त्रको माग गर्दै मेची महाकाली यात्रा तय गरेसँगै पूर्वराजा ज्ञानेन्द्रले पनि आफ्नो यात्रा सुरु गर्न लाग्नुभएको हो ।

उहाँ केही दिन जनकपुर बसेर सोही होटलबाट मध्यतराईको यात्रा तय गर्न लाग्नु भएको हो । स्रोतका अनुसार २२ गते जनकपुर पुगेर राजनीतिक भेटघाट गर्ने त्यसको भोलिपल्ट २३ गते सिराहा भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।                                                                                                                                                                    नेपाल समाचारपत्रबाट

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved