‘टिक टक’लाई अमेरिकामा ६५ करोड जरिवाना

  • प्रकाशित मितिः फाल्गुन, 16, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी/ नेपालमा समेत अत्यन्तै लोकप्रिय बन्दै गइरहेको भिडियो सेयरिङ एप टिकटक अमेरिकामा करोडौं जरिवानामा परेको छ । कम्पनीले १३ वर्षमुनिका बच्चाहरुसम्बन्धी तथ्य अवैधानिक रुपमा संकलन गरेको भन्दै अमेरिकाको संघीय वित्त आयोगले ६५ करोड जरिवाना तिराएको हो।

अमेरिकामा जरिवानामा परेको म्युजिकल्ली गत अगष्टमा टिक टकमा मर्ज भएको थियो। भिडियो सेयरिंग एप सन् २०१७ मा बाइटिडान्स नामको कम्पनीसँग सम्बन्धित भएको थियो।

त्यस्तै अमेरिकामा अब यो एप खोल्दा प्रयोगकर्ताले आफ्नो उमेर प्रमाणीकरण (भेरिफाई) गर्नुपर्नेछ।

अमेरिकामा यो एपका ६५ मिलियन प्रयोगकर्ता रहेकामा धेरै न्यून उमेरसमूहका रहेको बताइएको छ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved