अमेरिकामा एक नेपालीको गोली हानी हत्या, अर्का एक गम्भिर

  • प्रकाशित मितिः फाल्गुन, 12, 2075
  • पहिलो किताब संवाददाता

अमेरिका / अमेरिकामा गोली हानी एक नेपाली नागरिकको हत्या भएको छ । अर्का एक नेपाली पनि गोली लागी गम्भिर घाइते भएका छन् ।

अमेरिकाको केन्टकी राज्यस्थित एलिजावेद टाउनमा टी मार्ट सञ्चालक सुवास घलेको हत्या भएको हो । लमजुङ घर भएका घलेलाई गत बिहीबार राति साढे ११ बजेतिर गोली हानिएको थियो । उक्त मार्टको स्टोरमै प्रवेश गरी बन्दुकधारीले गोली हानेका थिए।

गोली लागेर अर्का नेपाली प्रयास बानियाँ पनि गम्भीर घाइते भएका छन्। अहिले उनको उपचार स्थानीय लुवेल अस्पतालमा भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

घाइते बानियाँको भने नेपालको ठेगाना खुलेको छैन।

बन्दुकधारीले गोली किन हाने भन्ने आधिकारीक विवरण नआएपनि घलको ती युवासँग विवाद भएको बुझिएको छ। सोही विवादका कारणले उनीमाथि गोली हानिएको हुनसक्ने आशंका रहेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved