आप्रवासी कामदारको निःशुल्क बीमा

  • प्रकाशित मितिः माघ, 28, 2075
  • पहिलो किताब संवाददाता

बैतडी / पाटन र दशरथचन्द नगरपालिकाका विभिन्न वडाका नागरिकको धमाधम निःशुल्क बीमा गर्न थालिएको छ । गत मङ्सिरदेखि हालसम्म पाटनमा ७५ तथा दशरथचन्द नगरपालिकामा ४५ आप्रवासी कामदारको बीमा गरिएको छ ।

“काम गर्न भारत जाने नागरिकको दुर्घटना बीमा गर्न थालिएको छ”, पाटन नगरपालिकाका नगरप्रमुख केशवबहादुर चन्दले भने । ग्रामीण विकास एवं वातावरण व्यवस्थापन समाज (रुडेस) तथा अक्सफाम नेपालको सहकार्यमा रोजगारीका लागि भारत जाने नागरिकको बीमा गर्न थालिएको हो । यस्तै दशरथचन्द नगरपालिकाले समेत भारत जाने कामदारको निःशुल्क बीमा गर्न थालेको छ ।

रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले पहिलो चरणमा सहकारी संस्थामा आवद्ध परिवारका सदस्य मजदुरी गर्न भारत गएमा बीमा गर्ने गरिएको बताए । उदयदेव महिला बचत तथा ऋण सहकारी पाटन, सिद्धेश्वर बचत तथा ऋण सहकारी खोड्पे, महालक्ष्मी बचत तथा ऋण सहकारी सिद्धपुर, शिखर बीउ प्रवद्र्धन सहकारी मुस्याचोर र निङ्लाशैनी बचत तथा ऋण सहकारी देहीमाण्डौँमा आवद्ध परिवारका सदस्यको बीमा गर्न थालिएको छ । ‘एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड’सँग मिलेर बीमा गर्ने गरिएको छ ।

“आप्रवासी कामदारको बीमाको किस्ता रुडेस र नगरपालिकाले तिर्ने गरेका छौँ”, दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले भने, “भारत जाने नागरिकको बीमा गर्ने चलन नभएकाले दुर्घटनामा परेपछि समस्या हुने गरेको थियो । रोजगारीको सिलसिलामा भारतमा दुर्घटनामा परे सजिलोहोस् भनेर बीमा गर्न थालेका हौँ ।”



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / कृष्ण कार्की / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved