सोरुम उद्घाटन गर्न हेलिकोप्टर चढेर ओखलढुंगा पुगे मुख्यमन्त्री राई

  • प्रकाशित मितिः माघ, 28, 2075
  • पहिलो किताब संवाददाता

ओखलढुंगा / महिन्द्र कम्पनीको सोरुम उद्घाटन गर्न प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई ओखलढुंगा पुगेका छन् ।

सिद्धिचरण नगरपालिका वडा नं ५ वर्णालुमा रुम्जाटार अटोमोबाइल्स प्रालिले सञ्चालन ल्याएको शोरुम उद्घाटन गर्न मुख्यमन्त्री राई सोलुखुम्बुको पत्ताले हुँदै रुम्जाटार पुगेका हुन् ।

मुख्यमन्त्री राई प्रदेश सभाका सांसद अम्बिरबाबु गुरुङसहित सोलुखुम्बुको पत्तालेमा केही समय हेलिकोप्टर राखेर हिमपात भएको क्षेत्र र महालंगुर हिमश्रृंखला अवलोकनपछि रुम्जाटार आएका थिए ।

उक्त रुम्जाटार अटोमोवाइल्स कम्पनीमा प्रदेश सभाका सांसद गुरुङको मुख्य लगानी रहेको बुझिएको छ ।

यसअघि थाइल्याण्ड हुँदै अमेरिका जाँदा पनि मुख्यमन्त्री राई सांसद गुरुङकै खर्चमा अमेरिकासम्म पुगेको आरोप लगेको थियो ।

निजी कम्पनीको उद्घाटन गर्न मुख्यमन्त्री नै आउनु उयपुक्त नभएको सरोकारवाले बताएका छन् ।

नेकपाका नेता बाबुराम गौतमले समग्र प्रदेशको विकास निर्माणमा असर पर्ने गरी स–साना काममा मुख्य मन्त्री कुद्न उपयुक्त नभएको बताए ।

उनले भने, ‘सबै क्षेत्रमा पुगेर जनताको अवस्था र विकासबारे बुझ्नु उपयुक्त हो, तर समानुपातिक हिसावले सबै ठाउँ जानुपर्छ ।’

मुख्यमन्त्री भएपछि राई ओखलढुंगा तीन पटक पुगिसकेका छन् । तर नेकपाका कार्यकर्ता भने उनको भ्रमणमाथि प्रश्न उठाउँदै आएका छन् ।

सदरमुकाममै आउँदा उनी नेकपाको कार्यालय भने पुगेनन् ।

 

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved