काठमाडौँ / भारतमा जारी महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले आज घरेलु टोली भारतको सामना गर्दैछ । पहिलो खेलमा म्यानमासँग पराजित नेपालले अघिल्लो चरण पुग्न आजको खेल जित्नै पर्ने दबाब छ । नेपाल र भारतबीचको खेल उडिसास्थित कालिङ्गाका रङ्गशालामा नेपाली समयानुसार आज साँझ ७ बजे शुरु हुनेछ ।
घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपालको लक्ष्य पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा म्यानमारसँग ३–० गोलले पराजित नेपाललाई भारतविरुद्धको खेल जित्नै पर्ने दबाब छ । आजको खेलमा पराजित भएको खण्डमा नेपालको शीर्ष दुईमा पुग्ने सम्भावना कमजोर बन्नेछ । प्रतियोगितामा एक/एक जित निकालेको भारत र म्यानमारको समान तीन/तीन अङ्क छ । नेपाल र इरानले अङक जोड्न सकेका छैनन् । राउण्ड रोविन आधारमा हुने खेलमा शीर्ष दुईले फाइनल खेल्ने छन् ।
बेलायत / लिम्बुवान नागरिक समाज, यूकेले आफ्नो स्थ... ... ...
विराटनगर / मोरङको विराटनगर महानगरपालिका–१५ बाट ... ... ...
झापा / पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको मे... ... ...
विराटनगर / उद्योगी र व्यवसायीले उठाउँदै आएको विद्... ... ...
काठमाडौँ / कीर्तिपुर आसपास केन्द्रबिन्दु भई चार र... ... ...
Copyright © 2017 - Pahilokitaab.com All rights reserved