बुढासुब्बा गोल्डकप - अँध्यारो भएपछि उद्घाटन खेल स्थगित

  • प्रकाशित मितिः माघ, 28, 2075
  • पहिलो किताब संवाददाता

धरान / अँध्यारो भएपछि धरानमा आजदेखि शुरु भएको २१औँ बुढासुब्बा गोल्डकपको उद्घाटन खेल स्थगित भएको छ । सीएमजी क्लब सङ्कटा र मेची नेत्रालय काँकरभिट्टाबीचको खेल स्थगित भएको हो ।

उद्घाटन शत्र लामो भएका कारण खेल ढिलो गरी शुरु भएको थियो । धरान रङ्गशालामा भएको खेलमा दुवै टिमले दुई–दुई गोल गरेका थिए । टाइब्रेकरमा पनि दुवै टिमका तर्फबाट चार÷चार गोल भएको थियो । अँध्यारो भएपछि खेल रोकिएको थियो । खेल सोमबार टाइब्रेकरमार्फत टुङ्ग्याउने सहमति भएको आयोजकले जनाएको छ ।

यसअघि प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले गरेका थिए । सोमबार खेल नेपाल पुलिस क्लब र सहारा क्लबबीच हुने आयोजक क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / कृष्ण कार्की / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved