पाँच वर्षे छोरीले चकचक गरेर सिरियल हेर्न दिइनन्, आमाले मैनबत्तीले २० ठाउँमा पोलिदिइन्

  • प्रकाशित मितिः माघ, 27, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / भनिन्छ आमा बुवाले सन्तानलाई कहिले क्षती पुर्याउन सक्दैनन् । बच्चाहरुको आमा–बुवासँग भावनात्मक सम्बन्ध हुने पनि बताइन्छ । तर सबैमा यो लागू नहुने घटना सार्वजनिक भएको छ ।

भारतको जयपुरस्थित एउटी आमाले आफ्नी पाँच वर्षे छोरीलाई मैनबत्तीले पोलिदिएकी छिन् । भारतीय मिडियामा सार्वजनिक भएको खबर अनुसार बालिकाले चकचक गरेर आमालाई टिभी हेर्न दिइरहेकी थिइनन् । आमालाई जब सिरियल हेर्न छोरीका कारण पटक–पटक समस्या भयो तब उनले छोरीलाई मैनबत्तीले २० ठाउँमा पोलिदिइन् ।

आमाको यो काममा उनकी काकी रिन्कीले पनि सहयोग गरिरहेको बताइन्छ । बालिकाका पिताले पुलिसलाई यसबारे जानकारी दिएपछि उनीहरुलाई पक्राउ गरिएको छ ।

पुलिसका अनुसार तरकारी बेच्ने घनश्याम यादव बेलुका घर आएपछि उनकी छोरीको पिठ्युँ र गर्धनमा घाउ देखे ।

जब पोलेको दाग देखेपछि पिताले छोरीलाई सोधे तब उनले आमा र काकीले मैनबत्तीले पोलिदिएको बताएपछि उनले पुलिसलाई यसको उजुरी दिएका हुन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved