घाइते सांसद वलीलाई भेट्न अस्पताल पुगे सभामुख महारा

  • प्रकाशित मितिः माघ, 26, 2075
  • पहिलो किताब संवाददाता

काठमाडौं / सभामुख कृष्णबहादुर महराले सवारी दुर्घटनामा परी घाइते भएका ५ नं प्रदेशसभा सदस्य उत्तरकुमार वलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। सभामुखले आज बिहान भैँसेपाटीस्थित मेडिसिटी अस्पताल पुगेर सघन उपचार कक्षमा उपचार गराइरहेका सांसद वलीको स्वास्थ्यस्थितिबारे उनको उपचारमा संलग्न चिकित्सकबाट जानकारी लिएका हुन् ।

सांसद वली गम्भीर घाइते भएपनि अब खतरामुक्त रहेको जानकारी चिकित्सकले दिएका सभामुखको सचिवालयले जनाएको छ । उनले सांसद वलीको उपचारमा कुनै कमी हुन नदिन अस्पताल प्रशासनलाई आग्रह गरेका थिए ।

आजै नेकपा संसदीय दलका सचेतक तथा प्रतिनिधिसभा सदस्य शान्ता चौधरीले पनि उनको स्वास्थ्यस्थितिबारे जानकारी लिए । दाङ क्षेत्र नं ३ ख बाट निर्वाचित प्रदेश सांसद वली बिहीबार बेलुका घोराही–लमही सडकखण्डमा सवारी दुर्घटनामा परेका थिए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / कृष्ण कार्की / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved