फोन चार्ज गर्दै इयरफोनमा गीत सुन्दा करेन्ट लागेर एक युवकको मृत्यु

  • प्रकाशित मितिः माघ, 25, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / फोन चार्ज गर्दै इयरफोनमा गीत सुनिरहेका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । थाइल्याण्डको चोनबुरी प्रान्तमा बस्ने क्रिस्टाडा सुपोलले इयरफोनमा गीत सुनेका कारण आफ्नो ज्यान गुमाएका छन् ।

२४ वर्षका क्रिस्टाडाको फोन चार्जमा राखिएको थियो र उनी इयरफोन लगाएर गीत पनि सुनिरहेका थिए । यसै क्रममा करेन्ट प्रवाह भएर उनको मृत्यु भएको हो ।

स्थानीय मिडियाका अनुसार क्रिस्टाडाले इरफोनको स्पिकर मुखमा राखेका बेला करेन्ट लाग्नाले मृत्यु भएको हो ।

मिडिया रिपोर्टका अनुसार चोनबुरी प्रान्तमा क्रिस्टाडा भाडाको घरमा बसिरहेका थिए र आइतबार बिहान जब घर मालिक पुगे तब उनले क्रिस्टाडाको मृत शरिर ओछ्यानमा देखे । पुलिसका अनुसार क्रिस्टाडाको कानमा इयरफोन थियो र पुलिसलाई पनि करेन्ट लागेका कारण मृत्यु भएको शंका छ । पुलिसले क्रिस्टाडाको कान नजिकैका केही भागमा जलेको जानकारी दिएका छन् ।


चोनबुरी प्रान्तको पुलिस अनुसार क्रिस्टाडासँग सामसङको मोबाइल फोन थियो तर त्यसको चार्जर लोकल कम्पनीको थियो । पुलिस भन्छन्, ‘क्रिस्टाडाको मृत्युले अरुले पाठ सिक्नुपर्छ किनभने सस्तो र नक्कली चार्जरको प्रयोग गर्दा र फोन चार्जमा राखेर कुरा गर्दा तपाईंको ज्यान पनि जानसक्छ ।’



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved