शेयर बजार पुनः घट्यो

  • प्रकाशित मितिः माघ, 23, 2075
  • पहिलो किताब संवाददाता

काठमाडौँ / शेयर बजार सात बिन्दुले घट्योधितोपत्र बजारमा आज शेयरको मूल्य पुनःघटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७.३८ बिन्दुले घटेर एक हजार १३९.७२ बिन्दुमा झरेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५२ बिन्दुले घटेर २४२.५० बिन्दुमा झरेको छ । आज कूल १६७ कम्पनीको सात लाख ४६ हजार ९४६ कित्ता शेयर रु २३ करोड ५६ लाख ३६ हजार ८५९ मूल्यमा खरीद बिक्री भए ।

आज कारोवार भएका कूल ११ उपसमूह सबैको शेयर घटेको छ । बैंकिङ ५.८४, व्यापार ०.१७, होटल १३.९, विकास बैंक २.३८, जलविद्युत् १५.५, वित्त ४.१९, निर्जीवन बीमा २७.५४, उत्पादन २५.४८, अन्य ३.४८, लघुवित्त १०.३८ र जीवन बीमा ४६.९५ बिन्दुले घटेको छ ।

घटेको बजारमा सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९७ बिन्दुले कमाएका छन् । यस्तै चौतारी लघुवित्त वित्तीय संस्था ४.८१, बरुण हाइड्रोपावर तीन प्रतिशत, सिभिल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले २.४५ प्रतिशतले कमाएका छन् ।

यस्तै ग्लोबल आइएमइ समुन्नति स्किम ४.८१, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था ४.४१, ङादी ग्रुप अफ पावर ३.८४, नबिल इक्विटी फण्ड ३.७३, राधी विद्युत् कम्पनीका शेयरधनीले ३.५९ प्रतिशतले गुमाएका छन् ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved