यस्ता छन् हरियो खुर्सानी खानुका फाइदाहरु

  • प्रकाशित मितिः माघ, 23, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / हरियो खुर्सानी खानुका धेरै फाइदा छन् । प्राय जसो मानिसहरु पिरो खान मन पराउने गर्दछन् । तर, धेरै पिरो त्यसमा पनि मसलेदार खानेकुराले छाती र पेटमा समस्या हुन्छ । तरपनि हरियो खुर्सानी खाने हो भने पिरो स्वादसँगै अन्य लाभसमेत उठाउन सकिन्छ ।

हरियो खर्सुानीमा भिटामिन ए, बी–६ सी पोटासियम, कार्बोहाइडे«ट र अन्य धेरै पोषक तत्व पाइने भएको पेट र छातीमा असर गर्दैन ।

दैनिक हरियो खुर्सानी खाएमा छालामा चमक आउनुका साथै रोग प्रतिरोधात्मक क्षमतामा अभिवृद्धि गर्छ । हरियो खुर्सानी स्वास्थ्यसँगै सौन्दर्यका लागि पनि फाइदाजनक छ । प्रशस्त मात्रामा भिटामिन सी र ई पाइने भएकाले रगत सफा गर्नुका साथै अनुहारमा आउने पिम्पल्सबाट समेत राहत मिल्छ । यसका फाइदा

हरियो खुर्सानीले रक्तसञ्चार बढाउँछ

प्रत्येक व्यक्तिको रक्तसञ्चार फरक–फरक गतिमा हुन्छ । रगतले सम्पूर्ण शरीरमा पोषक तŒव, अक्सिजन, हर्मोन, गर्मी, इलेक्ट्रोलाइट्स आदि पु–याउने गर्छ । हरियो खुर्सानी खाँदा शरिरको रक्तसञ्चारलाई तीव्र बनाउन मद्दत गर्छ ।

प्रचुर मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ

हरियो खुसार्नीमा पाइने एन्टिअक्सिडेन्टका कारण ओक्साइडेसनलाई कम गर्छ । जसले कोषिकाहरूलाई स्वस्थ रहन मद्दत गर्छ ।


संक्रमणबाट बचाउँछ

हरियो खुर्सानीमा एन्टिब्याक्टेरियल गुणहरू समावेश हुन्छन् । जसले संक्रमणबाट बचाउँछ । प्रायः महिलामा आइरनको कमी हुने हुन्छ । हरियो खुर्सानीबाट यो परिपूर्ति हुन्छ ।

प्रतिरक्षा प्रणाली मजबुत

हरियो खुसार्नीमा पाइने पोटासियम, फ्लोभोनोइड्स, भिटामिन सीका कारण शरीरमा प्रतिरक्षा प्रणाली मजबुत बन्छ । तर, यसका लागि सीमित मात्रामा नियमित रूपमा खुर्सानी खानुपर्छ ।

क्यान्सरको खतरा कम

सुर्तीजन्य पदार्थ सेवन गर्ने मानिसका लागि हरियो खुर्सानी एकदमै उपयोगी हुन्छ । आवश्यक मात्रामा खाँदा फोक्सोमा क्यान्सर हुने सम्भावना कम रहन्छ । यसका साथै प्रोटेस्टको समस्यालाई समेत कम गर्छ ।

आँखाको दृष्टि तेज हुन्छ

हरियो खुर्सानीमा विभिन्न पोषक तत्व हुन्छन् । तिनले आखाँको दृष्टि तेज हुनुमा मद्दत गर्दछ ।

छालामा चमक

हरियो खुर्सानी छालाका लागि फाइदाजनक मानिन्छ । खुर्सानीमा हुने भिटामिन ईले छालाका लागि आवश्यक तेल उत्पादन गर्न सहयोग पु९याउँछ । खानासँग मात्रा मिलाएर खाँदा छालामा समेत चमक ल्याउँछ ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved