यस्तो छ आजको सुनचाँदीको मूल्य

  • प्रकाशित मितिः माघ, 23, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / साताको चौथो दिन बुधबार सुनको मूल्य ओरालो लागेको छ। गत शुक्रबारबाट उकालो लागेको सुनको मूल्य आज ओरालो लागेको हो। हिजो मंगलबारको तुलनामा आज २ सय रुपैयाँ घटेको छ।

आज छापावाल सुन प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन प्रतितोला ६२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ। मंगलबार तेजावी सुन ६२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज बुधबार चाँदी प्रतितोला ७८० रुपैयाँमा कारोबार भईरहेको छ । हिजो मंगलबार चाँदी ७८५ रुपैयाँमा कारोबार भएको थियो।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved