ग्यास्ट्रिकबाट बच्ने केही उपाय

  • प्रकाशित मितिः माघ, 23, 2075
  • पहिलो किताब संवाददाता

काठमाडौं / लगातार पानी पिउनुपर्दछ, जसले पेटमा ग्यास भरिन नदिनुका साथै शरीर सन्तुलनमा राख्न सहयोग गर्दछ । तर, कोल्डड्रिंक्स पिउनुहुँदैन, जसले झन् ग्यास बढाउँछ ।

-ग्यास्ट्रिक भएकाले समय–समयमा खानेकुरा खाइरहनुपर्छ । लामो समयसम्म नखाँदा पेटमा हावा भरिएर समस्या हुन्छ ।

- धूम्रपान, मद्यपान गर्नुहुँदैन । साथै, जंंकफुड सकभर खानुहुन्न ।

- बढी पिरो, अमिलो, बट्टाको अचार, मसलेदार खाना खानबाट सजग हुनुपर्छ ।

- बिहान उठ्नेबित्तिकै दुई–तीनवटा लसुनका पोटी खानुपर्छ । जसले ग्यास्ट्रिकलाई फाइदा गर्नुका साथै उच्च रक्तचापको जोखिमसमेत कम गर्दछ ।

- पेटमा धेरै ग्यास भएका वेला कागती–पानी पिउनु उपयुक्त हुन्छ । जसले ग्यास हटाउनुका साथै पेट फुल्नसमेत दिँदैन ।

- ग्यास्ट्रिकले बढी नै सतायो भन्दै दुखाइ कम गर्ने औषधि खाने गरिन्छ । जथाभावी औषधि सेवन गर्दा साइड इफेक्ट हुने सम्भावना हुन्छ ।

नयाँ पत्रिकाबाट



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / कृष्ण कार्की / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved