ब्रेकअपपछि नेहा चर्चामा, भन्छिन मैले आफ्नो सबथोक दिएँ

  • प्रकाशित मितिः माघ, 22, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / बलिउडकी चर्चित गायिका नेहा कक्कड उनका प्रेमीसँग ब्रेकअप भएपछि उनी चर्चामा छिन् । लामो समय देखी हिमांशु कोहलीसँगको पे्रम सम्बन्धमा बे्रकअप भएपछि उनी चर्चामा आएकी हुन्

गत बिहीबार उनले आफ्नो युट्युब च्यानलमा एक भिडियो सेयर गरेकी छिन् । भिडियोमा ‘इसमें तेरा छाटा, मेरा कुछ नही जाता’ गीत गाउँदै गरेकी देखिन्छिन् । यो गीत उनले आफ्नो पूर्वप्रेमीका लागि गाएको आंकलन भइरहेको छ ।

नेहा सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘मलाई थाहा थिएन, संसारमा यति स्वार्थी मान्छे पनि हुन्छन् । मैले आफ्नो सबै थोक दिएँ । बदलामा मलाई के मिल्यो, म बताउन पनि सक्दिनँ ।’

म तपाईंहरूलाई एक कुरा स्पष्ट पार्न चाहन्छु कि यस्तो केही एक या दुई मान्छेको कारणले भएको होइन, यो त्यो संसारका लागि जसले मलाई आफ्नो निजी जीवन जिउन पनि दिइरहेका छैनन् ।

गीतमा कमेन्ट गर्दै एक फ्यानले लेखेका छन्, ‘७५ प्रतिशत गीत हिमांशुलाई डेडिकेट छ ।’ अर्काले लेखेका छन्, ‘तपाईंले जुन तरिकाबाट जवाफ दिनुभयो, ऊ नाजवाफ हुनेछ ।’ ब्रेकअपको खबर आएपछि उनले लेखेकी थिइन्, ‘हो, म डिप्रेसनमा छु ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / कृष्ण कार्की / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved