शेयर बजारमा सामान्य सुधार

  • प्रकाशित मितिः माघ, 22, 2075
  • पहिलो किताब संवाददाता

काठमाडौँ / धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य सुधार आएको छ । पछिल्ला केही दिनदेखि लगातार ओरालो लाग्दै आएको बजारमा केही सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.८३ विन्दुले बढेर एक हजार १४७.१० विन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७४ विन्दुले बढेर २४४.।०२ विन्दुमा पुगेको छ । नेप्से परिसूचक बढेपनि कारोवार रकम भने घटेको छ । कूल १६३ कम्पनीको सात लाख ३६ हजार ७६९ कित्ता शेयर रु २३ करोड १० लाख २२ हजार २३३ मूल्यमा खरीद बिक्री भएको छ । कारोवार भएका कूल १० उपसमूह मध्ये आज दुई उपसमूहको शेयर घटेको छ । वित्त क्षेत्र ०.९२ र उत्पादन समूह १९.६२ विन्दुले घटेको छ ।

यस्तै बैंकिङ २.३८, होटल १.३१, विकास बैंक ५.३, जलविद्युत् ६.८, निर्जीवन बीमा १२.४३, अन्य २.९६, लघुवित्त ६.७३ र जीवन बीमा ४.७४ विन्दुले बढेका छन् ।

स्टकका अनुसार सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज नौ प्रतिशत कमाएका छन् । बुटवल पावर कम्पनी ५.७१, राधी विद्युत् कम्पनी ५.७०, लक्ष्मी लघुवित्त वित्तीय संस्था ४.९७, आँखु खोला जलविद्युत् कम्पनी ४.९४, चौतारी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४ प्रतिशतले कमाएका छन् ।

त्यस्तै पूर्णिमा विकास बैंकका शेयरधनीले ४ प्रतिशतले गुमाउँदा वरुण हाइड्रो पावर ३.८४, सिटी एक्सप्रेस फाइनान्स कम्पनी ३.७०, नयाँ नेपाल लघुवित्त विकास बैंक २.९४, वेस्ट फाइनान्स कम्पनी २.९४, सेन्ट्रल फाइनान्स कम्पनीका शेयरधनीले २.६५ प्रतिशतले गुमाएका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / कृष्ण कार्की / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved