यी युवकले गरे ‘भ्यालेन्टाइन्स डे’मा सबै ‘सिंगल’लाई निशुल्क चिया खुवाउने घोषणा

  • प्रकाशित मितिः माघ, 22, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / सिंगलहरुका लागी भ्यालेन्टाइन्स डे खासै महत्वपूर्ण नहुन सक्छ । तर भारतका अहमदाबादका सिंगलका लागि भने यो दिन विशेष हुने भएको छ ।

एमबीए चायवाला नामको चिसा पसलका संस्थापक प्रफुल बिलोरले भ्यालेन्टाइन्स डेको दिन सबै सिंगललाई निःशुल्क चिया खुवाउने घोषणा गरेका छन् ।

उनीहरुले फेसबुकमा एउटा पेज पनि बनाएर सिंलगहरुका निशुल्क चिया खुवाउने घोषणा गरेका हुन् । पेजमा लेखिएको छ-‘यो भ्यालेन्टाइन्स डेमा, एमबीए चायले सबै सिंगलबारे सोचेको छ । निःशुल्क चिया, धेरै माया र प्रेरणा । आउनुहोस्, एमबीए ।’

यसबारे जानकारी दिँदै संस्थापक भन्छन्, ‘जोडीले मात्र सबै कुरामा मज्जा लिने भन्ने छ ? सिंगललाई पनि पुल्पुल्याउन आवश्यक छ । त्यसकारण यसवर्ष हामी सिंगलका लागि निःशुल्क चिया बाँड्दै छौं ।’

उनले भ्यालेन्टाइन्स डेमा बिहान सात बजेदेखि बेलुकी १० बजेसम्म चिया बाँडिने बताएका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / कृष्ण कार्की / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved