वडा अध्यक्षलाई पक्राउ पुर्जी जारी

  • प्रकाशित मितिः पुष, 29, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / खोला तथा नदीजन्य प्राकृतिक सम्पदाको अबैध उत्खनन् गर्ने मोरङको केरावारी गाउँपालिका वडा नम्बर ५ का अध्यक्षलाई पक्राउ पुर्जी जारी गरिएको छ ।
मोरङको चिसाङ खोलाबाट अबैध उत्खखन् गरेको ठहर भएपछि वडाध्यक्ष चरणसिंह गुरुङलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ पुर्जी जारी गरेको हो ।

वडाध्यक्ष गुरुङलाई बेलबारी र कानेपाखरीबीचमा पर्ने चिसाङ खोलाबाट ढुङ्गा, बालुवा निकासीमा चन्दा रकम उठाएको भन्दै पक्राउ आदेश जारी गरिएको मोरङ प्रहरीका एसपी मनोज केसीले बताए ।

मोरङको केरावारी गाउँपालिमा बिभिन्न समयमा नदीजन्य बस्तुको उत्खनन् तथा ओसार पसारमा वडा अध्यक्षहरु मुछिँदै आएका थिए । वडा अध्यक्ष आफैँ क्रसर ब्यवसायी भएकाले अबैध उत्खनन् रोक्न समस्या हुँदै आएको प्रहरीले जनाएको छ ।

क्रसर ब्यवसायीका रुपमा काम गर्दै आएका गुरुङले रकम असुल गर्न सहयोग गरेको प्रहरीले जनाएको छ । केहीदिन अघि सोही स्थानमा रकम असुल गर्ने क्रममा रोशन दनुवार, जित चौधरी पक्राउ गरिएको थियो। हाल दनुवार र चौधरी दुवैलाई पक्राउ गरि चन्दा ऐन अन्र्तगत मुद्धा दायर गरिएको एसपी केसीले जानकारी दिए ।

प्रहरीका अनुसार, कानेपोखरी–५ का चिसाङ नदी कटान क्षेत्र पूर्वाधार पीडित गाउँ उपभोक्ता समितिको नामबाट नम्बरी जग्गा संरक्षण तथा विकास निर्माणको सहयोगका लागि रसिद बनाएर ट्याक्टर र टिपरबाट अबैध रकम असुल गर्न गुरुङले पत्र दिएको खुलासा भएपछि उनीमाथि पक्राउको लागि पर्जी जारी गरिएको हो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / कृष्ण कार्की / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved