महिला टी–२० : नेपालको लगातार दोस्रो जित,मलेसिया ६ विकेटले पराजित

  • प्रकाशित मितिः पुष, 29, 2075
  • पहिलो किताब संवाददाता

काठमाडौं / थाइल्याण्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगिता नेपालले दोस्रो खेलमा पनि जित हात पारेको छ।

आइतबार भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो। मलेसियाले दिएको ६२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा ४ विकेटको क्षतिमा पार गर्यो।

नेपालका लागि रोमा थापाले नटआउट २० रनको योगदान गरिन्। उनले २४ बलमा १ चौका हिर्काइन्। ममताकुमारी चौधरी ९ रनमा अविजित रहे। उनले १५ बल खेलिन्। त्यसअघि सरिता मगर रन नै जोड्न नपाइ रनआउट भइन्। कजल श्रेष्ठ ६ रनमा आउट भइन् भने सीता रानामगरले १६ रन बटुलिन्। रनआउट हुनुअघि उनले ३६ बलमा १ चौका प्रहार गरिन्। इन्दु बर्मा ३ रनमा आउट भइन्।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३ बल खेल्न बाँकी छदा ६१ रनमा अलआउट भयो। मलेसियाका लागि युश्रीना याकोबले ११ रन र जीन यीले १२ रनको योगदान दिए। अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

बलिङमा नेपालकी सरिता मगरले ४ विकेट लिइन्। उनले ३.३ ओभरमा ११ रन खर्चिइन्। कविता कुँवर, इन्दू बर्मा र नेरी थापाले समान १/१ विकेट लिए।

यसअघि नेपालले समूह ‘ए’ को खेलमा नेपालले चीनलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो।

रुविना क्षेत्री (वेलवासे)को कप्तानीमा रहेको नेपाली टोलीमा सीता राना मगर (उपकप्तान), करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डोली भट्ट, ममताकुमारी चौधरी र विन्दु रावल छन्।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved