सुनसरीमा दुई शिक्षक सङ्गठनबीच एकीकरण

  • प्रकाशित मितिः पुष, 29, 2075
  • पहिलो किताब संवाददाता

इनरुवा / नेकपा निकटका दुई शिक्षक सङ्गठनबीच एकीकरण भएको छ । सुनसरी सदरमुकाम इनरुवामा शनिबार सम्पन्न भएको एकता भेलामा नेकपा निकटका दुई शिक्षक सङ्गठनबीच एकीकरण भएको हो ।

नेकपा माओवादी केन्द्रको भ्रातृसंस्थाको रुपमा रहेको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन सुनसरी र नेकपा एमालेको निकट रुपमा रहेको नेपाल राष्ट्रिय शिक्षक सङ्गठनबीच एकीकरण भएको कार्यदल सदस्य सत्यनारायण मेहताले जानकारी दिए ।

सुनसरीमा पार्टीको एकीकरणको निणर्यअनुसार शिक्षक सङ्गठनको एकीकरण भएको सदस्य मेहताले बताए । एकीकरण भेलाबाट रामबहादुर विष्टको संयोजकत्वमा ६५ सदस्य समिति एकीकृत सङ्गठन निर्माण गरिएको छ ।

एकीकृत सङ्गठन समितिको सह संयोजकमा भोजराज न्यौपाने चयन भएका छन् । त्यसैगरी सदस्यमा बेचन यादव, चिरञ्जीवी रेग्मी, बद्री कार्की, रमानन्द मण्डल, सकिला सुब्बा, सरितादेवी मेहता, प्रमुनारायाण चौधरी, बोधराज घिमिरे, सत्यनारायण मेहतालगायतका रहेका छन् ।

देशभरका जिल्लामा एकता प्रयास जारी रहेको बेला सुनसरीमा दुई सङ्गठनको एकता भेलाबाट एकीकृत सङ्गठनको समितिसमेत सार्वजनिक गरेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / कृष्ण कार्की / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved