लिग वान : एमिन्समाथि पिएसजी सानदार जित

  • प्रकाशित मितिः पुष, 29, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / फ्रेन्च लिग वान फुटबल अन्र्तगत पिएसजीले १८औं खेलमा एमिन्समाथि सानदार जित हात पारेको छ । अवे मैदानमा पिएसजिले एमिन्सलाई ३–० गोलले हरायो । यो जित सँगै पिएसजिले लिगमा अपराजित यात्रा कायम नै राखेको छ भने दोस्रो स्थानको लिलेभन्दा २ खेल कम खेलेको पिएसजिले अंक तालिकामा १३ अंकको अग्रता समेत बनाएको छ ।

खेलको ६६औं मिनेटमा एमिन्सका खेलाडी खालिद एडिनन दोहोरो पहेलो कार्ड खाएर मैदान बाट बाहिरिए पछि पिएसजिलाई जित हात पार्न सहज भएको थियो ।

पिएसजिको जितमा एडिसन काभनी, एमबाप्पे, मार्किन्योस नायक बने । उनीहरुले टिमका लागि समान एक/ एक गोल गरेका थिए ।

खेलको ५७औं मिनेटमा एडिसन काभनीले पेनाल्टी गोलबाट टिमलाई अग्रता दिलाएका थिए । खेलको ७०औं मिनेटमा युवा खेलाडी केलियन एमबाप्पेले दोस्रो गोल गदै अग्रता दोब्बर बनाएका थिए । त्यसपछि खेलको ७९औं मिनेटमा मार्किन्योसले गोल गरेपछि पिएसजीले ३–० को सहज जित निकाल्यो ।

यो जितपछि पिएसजीले १८ खेलबाट ५० अंक बनाएको छ । पिएसजी अब २ खेल बढी खेलेको लिलेसँग १३ अंकले अघि छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / कृष्ण कार्की / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved