रुपन्देहीमा प्रहरी र तस्करबीच गोली हानाहान, एकको मृत्यु

  • प्रकाशित मितिः पुष, 29, 2075
  • पहिलो किताब संवाददाता

भैरहवा / रूपन्देहीमा मध्यराति प्रहरी र तस्कर समूहबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु भएका व्यक्ति तस्कर समूहका एक सदस्य भएको प्रहरीले दाबी गरेको छ।

गस्तीमा खटिएको प्रहरी टोलीमाथि अकस्मात् गोली प्रहार भएपछि जवाफी कारबाहीमा ती तस्करको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक व्यक्ति भारतीय नागरिक हुनसक्ने प्रहरीको अनुमान छ। घटनास्थलबाट प्रहरीले अटोमेटिक लोडेड पेस्तोल तथा तस्करले प्रयोग गरेको युपी ५३ एच २०२८ नम्बरको मोटरसाइकल बरामद गरेको छ।

मृतकको हालसम्म सनाखत हुन सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / कृष्ण कार्की / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved