लेन मिच्ने १४ हजार चालक कारबाहीमा

  • प्रकाशित मितिः पुष, 29, 2075
  • पहिलोकिताव संवादताता

काठमाडौं / महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालू आर्थिक वर्षमा लेन अनुशासन पालना नगर्ने १४ हजार २ सय ३१ सवारी साधनका चालकलाई कारबाही गरेको छ।महाशाखाको टोलीले सडकमा लेन अनुशासन पालना नगरी जथाभावी सवारी साधन चलाउने सवारी चालकलाई कारबाही गरेको हो। जसमा पुरुष १३ हजार ३ सय ३० र महिला ९ सय १ महिला चालक रहेका छन्। महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले आफ्नो लेन छोडेर अर्काको लेनमा जथाभावी सवारी चलाउने चालकलाई कारबाही गरिएको बताए। ‘आफ्नो लेन छोडेर अर्काको लेनबाट सवारी चलाउँदा धेरै दुर्घटना हुन थालेपछि ट्राफिक प्रहरीले लेन अनुशासनलाई कडाइ गरेको हो’, उनले भने।

महाशाखाले सिसिटिभी, गोप्रो क्यामेरा, बडिवान क्यामेराबाट समेत लेन अनुशासनको कारबाही गर्दै आएको छ। सिसीटिभीबाट लेन अनुशासन कायम नगरेको भेटिएमा सवारी साधन नम्बर टिपेर घरमा चिठी पठाउने र जरिवानासमेत गर्ने गरेको छ।

लेन अनुशासन कायम नगर्ने सवारी साधनका चालकलाई ५ सय रुपैयाँ जरिवाना र एक घण्टा कक्षा लिइँदै आइएको छ। विसं २०७१ असोज २६ देखि लेन अनुशासन कायम नगर्ने सवारी साधनलाई कारबाही गर्दै आएको महाशाखाले हालसम्म दुई लाख ७९ हजार ७ सय ५६ सवारी चालकलाई कारबाही गरी कक्षा लिइसकेको छ। जसमा दुई लाख ६६ हजार ५ सय ८४ पुरुष र १३ हजार २ सय ७२ महिला रहेका छन्। 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved