सिरहामा एक किलो सुनसहित छ जना पक्राउ

  • प्रकाशित मितिः पुष, 29, 2075
  • पहिलो किताब संवाददाता

लहान / पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–९ स्थित घुर्मीपुलबाट एक किलो ७५७ ग्राम सुनसहित सशस्त्र प्रहरीको टोलीले शनिबार छ जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा सिरहा नम्बर ७ बाट खटिएको टोलीले काठमाडौँतर्फ जाँदै गरेको बीआर ३२ पीए ४६४४ नम्बरको भारतीय स्कार्पियो जीप चेकजाँच गर्ने क्रममा सुनसहित सिरहाको लहान नगरपालिका–१९ निवासी ३२ वर्षीय गाडी चालक मोहमद रियाज राईम, सोही ठाउँ निवासी ४२ वर्षीय मोहमद हकिम, २८ वर्षीय मोहमद अमिरुल, २४ वर्षीय मोहमद रहमान, ४५ वर्षीय कैयुम राईम र सप्तरीको खड्क नगरपालिका–३ निवासी १८ वर्षीय मोहमद अफ्रोजलाई पक्राउ गरेको जनाएको छ ।

चालक रियाजको साथबाट चार थान वाला र तीन वटा काँचो सुन, अमिरुलको साथबाट एउटा बाला र कैयुमको साथबाट एउटा बाला बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।

पक्राउ परेकाको साथबाट नगद रु ३४ हजार ५०० र छ थान मोवाइल सेटसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved