दिपज्योती सामुदायिक बन उपभोक्ता समुहको १६औँ साधारण सभामा आयब्यय सार्वजनिक

  • प्रकाशित मितिः पुष, 28, 2075
  • पहिलो किताब संवाददाता

मोरङ्ग / मोरङ्गको केराबारी ७ स्थित दिपज्योती सामुदायिक बन उपभोक्ता समुहले ३२ लाख ५३ हजार ५सय रुपैया बराबरको आयब्यय सार्वजनिक गरेको छ । समुहको १६औँ साधारण सभाको अवसरमा आयब्यय सार्वजनिक गरिएको हो ।

साधारण सभामा समुहका अध्यक्ष डेसबहादुर कार्कीले अध्यक्षको प्रतिबेदन सार्वजनिक गरेका थिए । अध्यक्ष कार्कीले समुहले योजना अनुसार काम गर्न नसकेको भन्दै बन बिस्तारका लागि आवश्यक काम गर्नलाई बिविध समस्याले साथ नदिएको बताए । अध्यक्ष कार्कीले नयाँ बिरुवा हुर्काउन बाँदरले उखेलेर बिनास गरेको झाडि बढेर बिरुवा भनेजस्तो नहुर्किएको बताए ।

१६ औँ साधारणसभामा समुहकी कोषाध्यक्ष रेखा बिश्वकर्माले ३२ लाख ५३ हजार ५सय रुपैया बराबरको आयब्यय सार्वजनिक गर्नुभयो। कोषाध्यक्ष बिश्वकर्माले २०लाख १०हजार ३२रुपैँया बराबरको आय र १२ लाख ४३ हजार ४सय ६८ रुपैँया बराबरको खर्च प्रस्तुत गरेका थिए ।

कोषाध्यक्ष बिश्वकर्माले बन पैदारवार बिक्रीबाट १९लाख ४२हजार २सय १२ रुपैँया आम्दानी भएको यस्तै उपभोक्ताबाट १७हजार ८सय २०रुपैँया र जिल्ला बन कार्यालयबाट ५० हजार रुपैँया प्राप्त भएको बताए । यस्तै बन बिकास तथा संरक्षणमा ४लाख ४९हजार ६सय ३६ रुपैँया, बन पैदावार ब्यवस्थापनमा ५लाख ४४हजार ६१ रुपैँया, प्रशासकीय तथा सञ्चालन तर्फ २लाख ३५ हजार २सय ७१ रुपैँया र मुगु खोला नियन्त्रण, मन्दिरलाई सहयोग, गरिव उपभोक्तालाई झुल सहयोग, बिद्यालय भवन निर्माण सहयोग आदिमा ३४ हजार ५सय खर्च गरिएको बिवरण प्रस्तुत गरेका थिए ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved