अनेरास्ववियुका नेता कमलराज जोशीमाथि आक्रमण गर्नेलाई कारवाहीको माग

  • प्रकाशित मितिः पुष, 28, 2075
  • पहिलो किताब संवाददाता

काठमाडौँ  / अनेरास्ववियुले अमृत साइन्स क्याम्पसका आफ्ना नेता कमलराज जोशीमाथि आक्रमण गर्नेलाई कारवाही गर्न माग गरेको छ ।

अनेरास्ववियुका महासचिव ऐन महरले आज विज्ञप्ति जारी गदै जोशीमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गरेका छन् । शुक्रबार दिउँसो क्याम्पसमा रहेका बेला जोशीमाथि रड प्रहार गरिएको उनले जानकारी दिए ।

टाउकोमा गम्भीर चोट लागेको उनको अहिले ठमेलस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ । काठमाडाँै महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले सिसीटिभी क्यामेराबाट फुटेज सङ्कलन गरी रड प्रहार गर्नेको खोजी कार्य भइरहेको जानकारी गराए ।

उनका अनुसार तीन चार जनाको समूहमा आई जोशीमाथि रड प्रहार गरिएको थियो । प्रवक्ता बोगटीले क्याम्पसकै खेमबहादुर सिंहसँगको विवादमा जोशीमाथि रड प्रहार गरिएको बताए ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / कृष्ण कार्की / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved