छातीमा समस्याका कारण नेता अधिकारी अस्पताल भर्ना

  • प्रकाशित मितिः पुष, 28, 2075
  • पहिलो किताब संवाददाता

काठमाडौँ / पूर्व उपप्रधानमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारी अस्पताल भर्ना भएका छन् ।
छातीमा सङ्क्रमण देखिएपछि ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा गत सोमबार भर्ना गरिएको उनका स्वकीय सचिव महेन्द्र विष्टले जानकारी दिए ।

चिसोले गर्दा अधिकारीको छातीमा सङ्क्रमण भएको उनले बताए । पूर्व अर्थमन्त्रीसमेत रहेका अधिकारीलाई शुक्रबारदेखि स्वास्थ्यमा सुधार आएपछि सामान्य बेडमा सारिएको छ ।

८३ वर्षीय अधिकारीलाई विगत एक वर्षदेखि स्वास्थ्यमा समस्या आएपछि मेडिसिटी अस्पतालमा पटकपटक उपचार भइरहेको छ । उनको उपचारमा डा राजेन्द्र रिजालको समूहले स्वास्थ्य उपचार गरिरहेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved