भारतद्धारा नगरपालिकालाई एम्बुलेन्स सहयोग

  • प्रकाशित मितिः पुष, 28, 2075
  • पहिलो किताब संवाददाता

गोदावरी / भारतीय राजदूतावासले गोदावरी नगरपालिकालाई एक एम्बुलेन्स सहयोग गरेको छ ।

गोदावरीमा आज ‘युवा सशक्तीकरण समाज नेपाल र क्षेत्रीय सहकारी सञ्जालको’ संयुक्त पहलमा आयोजित कार्यक्रममा पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणाले गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनलाई सो एम्बुलेन्स हस्तान्तरण गरे ।

गोदावरीमा सञ्चालित १९ वटा सहकारीमा आबद्ध १५ हजार सदस्यले एम्बुलेन्सको माग गरेसँगै राणाले स्वास्थ्य सेवालाई सुलभ बनाउन सो सहयोगको पहल गरेका हुन् ।

“साविकको गोदावरीमा सञ्चालित एम्बुलेन्सको व्यवस्थापन सही तरिकाले हुन नसकेका कारण त्यसै थन्काएर राख्नुपरेको छ, गोदावरी नगरपालिकाका प्रमुख महर्जनले भने ।” नगरपालिकाले टौखेलमा छिट्टै ग्यारेज निर्माण गरी नेपाल–भारत सहयोग प्राप्त एम्बुलेन्स सञ्चालन गर्नेछ ।

गोदावरी क्षेत्रीय सहकारी सञ्जालका अध्यक्ष सुनन्द घिमिरेले सदैव सही तरिकाले एम्बुलेन्स सञ्चालन गर्न प्रत्येक सदस्यसँग महीनाको रु १०० रकम उठाएर रु २३ लाखको कोष खडा गर्ने बताए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved