१ बर्षमा हिलोमुक्त र ३ बर्षमा धुलोमुक्त हुन्छ इटहरी : मेयर चौधरी

  • प्रकाशित मितिः पुष, 28, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / इटहरी उपमहमानगरका मेयर द्धारिकलाल चौधरीले अव इटहरीको विकास युद्धस्तरमा अघि बढ्ने बताएका छन् । वस्ति,टोल र वडा स्तरमा योजना संचालन गर्नका लागि उपभोक्ता समिति गठन भइसकेको उनले जानकारी दिए ।

उपभोक्ता समिति सँग धमाधम सम्झौता भइरहेकाले अब विकासले गतिलिने मेयर चौधरीले बताए । उनका अनुसार केहि ठूला योजनाको टेण्डर गरिएको र केहि बहुवर्षिय योजनाको टेण्डर गर्न लागिएको छ । वाटोघाटो निर्माण,मर्मत जारी रहेको र केहिलाई वहुवर्षीय योजनामा पारेर धमाधम काम भइरहेको छ । १ बर्षमा हिलोमुक्त र ३ बर्षमा धुलोमुक्त बनाइ सक्ने मेयर चौधरीले प्रतिवद्धता जनाए ।

युवा लक्षित विभिन्न कार्यक्रमका लागि वजेट छुटयाइएको मेयर चौधरीले जानकारी दिए । इटहरी उपमहानगरले संचालन गरेका विभिन्न योजना वाट यो बर्ष ५ सय युवाले रोजगारीको अवसर पाउने उनको दावी छ । इटहरीमा चालु आर्थिक बर्षमा वडा र नगरस्तरीय गरि छ सय योजना संचालनमा छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved