कोपा डेल रे : लेभान्टेद्धारा बार्सिलोना पराजित

  • प्रकाशित मितिः पुष, 27, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / स्पेनको नकआउट क्लब फुटबल प्रतियोगिता ‘कोपा डेल रे’ अन्तर्गत भएको अन्तिम १६ को खेलमा बार्सिलोना क्लबमाथि लेभान्टे क्लबले जित हात पारेको छ । शुक्रबार बिहान भएको पहिलो लेगको खेलमा मेस्सी बिनाको बार्सिलोना अवे मैदानमा लेभान्टेसँग २–१ ले पराजित भएको हो ।

लेभान्टेको जितमा केबाको र बोर्जा मायोरल नायक बने । उनीहरुले टिमका लागी समान एक / एक गोल गरेका थिए । उता बार्सिलोनाका लागि फिलिपे कोउटिन्होले पेनाल्टीमा गोल गरेका थिए ।

खेलको चौथो मिनेटमा लेभान्टेका लागि केबाकोले गोल गदै सुरुआती अग्रता दिलाएका थिए । खेलको १८औं मिनेटमा बोर्जा मायोरलले गोल गदै अग्रता दोब्बर बनाए । पहिलो हाफमा लेभान्टेले बार्सिलोनाविरुद्ध २–० को अग्रता लिएको थियो ।

त्यसपछि खेलको ८५औं मिनेटमा डिबक्स भित्र बार्सिलोनाका खेलाडी डेनिस स्वारेजमाथि लेभान्टेका खेलाडीले फउल गरेपछि पाएको पेनाल्टीमा बार्सिलोनका लागि फिलिपे कोउटिन्होले गोल गर्दै खेल २–१ को बनाए । तर, त्यसपछि बाँकी समयमा बार्सिलोनाले थप गोल गर्न सकेनन् । गोल गर्न नसक्दा बार्सिलोना घरेलु टोली लेभान्टेसँग २–१ ले पराजित भयो ।

यस खेलमा बार्सिलोनाका केही प्रमुख खेलाडीलाई आराम दिइएको थियो । टोलीका नियमित कप्तान लिओनल मेस्सीदेखि अन्य ५ जना पहिलो रोजाइका खेलाडीलाई टोलीमा राखिएको थिएन ।

पहिलो लेगमा हारेपछि अब बार्सिलोनामाथि आफ्नो घरमा हुने दोस्रो लेगको खेलबाट नतिजा उल्टाउनुपर्ने हुन्छ । यी दुईको दोस्रो लेगको खेल जनवरी १८ मा बार्सिलोनाको घरमा हुनेछ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved